दादा ड्राइभिङ्ग एण्ड सेफ्टी स्कुलले २० प्रतिशत छुटसहित ड्राइभिङ सिकाउँदै

दादा ड्राइभिङ्ग एण्ड सेफ्टी स्कुलले २० प्रतिशत छुटसहित ड्राइभिङ सिकाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगत १ वर्षदेखि देशभरका ३५ स्थानबाट ड्राभिङ सिक्न चाहनेहरुलाई दादा ड्राइभिङ्ग एण्ड सेफ्टी स्कुलले सेवा दिदै आएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका चार महिनासम्म सबै सेवा बन्द भएको थियो तर लकडाउन अन्त्य भएसँगै पुनः सञ्चालनमा आएको ड्राइभिङ स्कुलका सञ्चालक सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार काठमाडौं उपत्यका लगायत देशभरका ३५ स्थानमा नेटवर्क बनाएर ड्राइभिङ सिकाइ रहेको छ । उनले भने,‘लकडाउन पछि स्कुलले २० प्रतिशत छुट दिएर ड्राइभिङ सिकाइ रहेको तथा स्कुलको देशव्यापी पहुच रहेको तथा चालक अनुमति पत्र (लाईसेन्स) सँग सम्बन्धीत सम्पूर्णको सेवा समेत पाउनेछन् ।’

ड्राइभिङ स्कुलले एकल, समुह र संस्थागत रुपमा आउनेलाई बिशेष प्रशिक्षण सहुलियत दरमा सेवा दिने गरेको स्कुलले जनाएको छ । सिक्न आउने ग्राहकले आफूलाई पायक पर्ने स्थानबाट नै ड्राइभिङ गर्न पाउने सुविधा पनि रहेको छ ।

दादा ड्राइभिङमा चार पांग्रे, दुई पांग्रे , एस्काभेटर, माइक्रो, बस, ट्रक, क्रेन र रोड रोलर समेत दक्ष टेनर चालकहरुबाट सरल–सुलभरुपमा ठूला सवारी साधन सिक्न सकिनेछ । त्यस्तै, रोल अत्याधुनिक तालिम / डिफेन्सिभ–ड्राइभिङ्ग तालिम पनि लिन पाइनेछ । त्यस्तै सवारी लाइसेन्स, ब्लुबुक पनि नविकरण गरिदिने व्यवस्था पनि रहेको छ ।

Logo