ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरबीच छलफल

ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरबीच छलफल

केन्द्रबिन्दु
0
Shares

गभर्नर महाप्रसाद अधिकारीसहित नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूलाई बोलाएरअर्थमन्त्री डा.प्रकाशशरण महतले ब्याजदर घटाउने उपायका विषयमा छलफल गरेका छन्।

छलफलमा राष्ट्र बैंकको तर्फबाट अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्ने सम्भावना देखिएको विषयलाई प्रस्तुत गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।  छलफलमा अर्थमन्त्रीले बैंकमा ऋणको ब्याजदर घटाउन के गर्न सकिन्छ भन्ने चासो देखाएको अर्थ मन्त्रालयले जनाएको छ ।

जवाफमा गभर्नर अधिकारीले बैंकको ब्याजदर घट्दो क्रममा रहेको जानकारी गराएका थिए । त्यस्तै, बाह्य क्षेत्रमा स्थायित्व देखापर्दै गएमा नीतिगत दरहरूसमेत घटाउँदै लैजाने गभर्नरले बताएको मन्त्री सचिवालयले जानकारी दिएको छ ।

Logo