नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
बुधबार हात्तिसारमा आयोजित घोषणा सभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले यस्तो बताएका हुन् । स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने उनले बताए ।
नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।
महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले स्पष्ट पारे । साथै आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।





























प्रतिक्रिया