निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल

निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताए । 

उनले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए । 

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको उनले गुनासो गरे ।  

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताए । उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताए । 

Logo