आइएमई पे र एम बैँकबीच सम्झौता

आइएमई पे र एम बैँकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार एम बैँक एपमार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् । 

Skip This
Skip This
Logo