पछिल्लो समय वालेट कम्पनीहरुको संख्या बढ्दो छ । वालेट कम्पनीहरु बढेसँगै प्रयोग कर्ताहरु पनि उत्तिकै छन् । नेपालमा अहिले धेरै चलेका वालेट कम्पनीहरु भनेको ई–सेवा, फोन–पे, आई.एम.ई पे, प्रभू पे र पे वेल ।
यी नै वालेट कम्पनीहरुमा पर्ने पे वेल करिब ३ वर्ष अगाडी स्थापना भएको हो । पैसा पठाउन, पाउन र तिर्न ‘पे वेल नेपाल’ भन्ने नाराका साथ भुक्तानी प्रणालीमा नयाँ आयाम, सोचका साथै गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त र ग्राहकमैत्री सेवा दिने उदेश्यसहित उक्त कम्पनीको स्थापना भएको सञ्चालक टिमले जनाएको छ ।
कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य भन्छन्, ‘हाम्रो कम्पनीले केही समयमा नै नयाँ फिचर जोड्ने तयारीमा छौं । अरुमा भन्दा यस पे वेल मा नयाँ फिचर जोडिने भएकाले यो अरुभन्दा फरक छ । हामीले यो डिजिटल वालेटलाई वालेटको रुपमा मात्र काम गरेका छन् भने, हामीले यो डिजिटल वालेटलाई लाइफ स्टाइल वालेटको रुपमा अगाडी बढाउन लागेका छौं ।’
वित्तीय शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य , होटल , पर्यटन जस्ता व्यवसायिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा स्थापित पेवेल नेपाल एक डिजिटल वालेट कम्पनी हो । यो वालेट कम्पनी बैंकहरुसँग पनि जोडिएको हुनाले यसमा केही गल्ती भयो भने पनि राष्ट्र बैंकले सिधै कारबाही गर्छ । त्यसैले यसबाट कारोबार गर्दा केही गल्ती नहुने सञ्चालक टिमको भनाई छ ।
पे वेलले विभिन्न कारोवारहरुको लागि डिजिटल मुक्तानी सेवासम्बन्धी कार्य गर्दै आएको छ । यस कम्पनीले विधुत, खानेपानी, हस्पिटल, होटल, रेस्टुरेन्टको बिल भुत्तानी गर्न टेलीफोन, इन्टरनेट,टेलिभिजन रिचार्ज गर्न, स्कुल कलेजका फि तिर्न र हवाई टिकट खरिद गर्न लगायतका अन्य कामहरु समेत गर्दै आएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत आचार्य भन्छन्, ‘भुक्तानी गर्न र सहज, सस्तो , भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न , सेयर खरिद बिक्रीको भुक्तानी , सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने कार्य गर्नेछ ।’
भरपर्दो इन्टरनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा उपलब्ध गराउने तयारी गरेको पनि कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले अरु पनि थुप्रै फिचर थप्ने जनाएको छ ।





























प्रतिक्रिया