मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले नेपालमा पनि एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ ।
कम्पनीका सीईओ बी.गोविन्दराजनका अनुसार अन्तर्राष्ट्रिय बजार फैलाउनका लागि चालु आर्थिक वर्षमा नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट स्थापना गर्ने तयारी भएको हो । स्थानीय पार्टनरसँग मिलेर एसेम्बली प्लान्ट स्थापना गर्ने कार्य भइरहेको उनको भनाई छ ।
नेपालमा हाल रोयल इन्फिल्डका मोटरसाइकल त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले बिक्री–वितरण गरिरहेको छ ।
हाल विश्वका ४० भन्दा बढी देशमा रोयल इन्फिल्डका २५० देखि ७५० सीसी सम्मका मोटरसाइकल बिक्री भइरहेका छन् । बजारमा आफ्नो उपस्थिति र बजार हिस्सा अझै बढाउनका लागि आगामी दिनमा नयाँ प्रोडक्ट लाइनअप समेत उपलब्ध हुने सीईओ गोविन्दराजनको भनाइ छ ।
सो मोटरसाइकल एसेम्बल गर्न त्रिवेणी ग्रुपले टीजी अटो ग्रुप मार्फत बाराको जितपुर उपमहानगरपालिकामा नयाँ उद्योग दर्ता गरेको छ, जुन सञ्चालनको अन्तिम चरणमा छ । सो उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया