एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते

केन्द्रबिन्दु
0
Shares

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । 

लघु, घरेलु, साना तथा मझौला उद्यमएवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु-याउने र नेपालीउत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । 

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुने विश्वास गरिएको छ । साथै काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार विहान ११ः३० बजे हुनेछ । गीत संगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिनेछ ।  

यस महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा सांगितिक समूहहरुको प्रस्तुति रहनेछ । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्तिमुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दिएलिमेन्टस् आदिले आ–आफना प्रस्तुति राख्नेछन् । 

महोत्सवमा शारिरीक रुपमा िभन्न क्षमता भएकाउद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् । 

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्पm नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । 

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमाडाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

Skip This
Skip This
Logo