उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्युन रहेको बताएका छन् । 

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताए । 

उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए । उनले निर्यात व्यवसाय प्रवद्र्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए । निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको पनि उनले बताए ।  

मन्त्री रिजालले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग् समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको बताए । उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवद्र्धन झनै सहज हुने प्रतिवद्धता जनाए । 

मन्त्री रिजालले व्यवसायीहरुको भुमिका आर्थिक स्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरुलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए । उनले सरकार निर्यात प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताए । 

Logo