महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे

महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फका सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै व्यवसायी घिमिरेले अहिलेको आर्थिक अवस्था संकटग्रस्त रहेकाले नयाँ नेतृत्वले निजी क्षेत्रको हक हीतका लागि युद्धस्तरको काम गर्न जरुरी रहेको बताएका हुन् । उनले विगतको नेपाल उद्योग वाणिज्य महासंघको भुमिका र अब आउने अबको नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको नेतृत्वको भुमिकामा आकाश पातालको फरक हुनुपर्ने बताए । 

उनले संरक्षण भनिएको संस्थाबाट संरक्षकत्व हुन नसके सम्पूर्ण व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना हुने दाबी गरे । उनले आर्थिक अवस्था कमजोर भइरहेको बेलामा महासंघको नेतृत्व स्वभाविक रुपबाट चयन हुनुपर्ने भएपनि त्यसो हन नसकेको बताए । विगतमा महासंघले सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गरेपनि पछिल्लो समय महासंघको साख खस्किँदै गएको उनले बताए ।  

उम्मेदवार घिमिरेले महासंघ यसअघि निजी क्षेत्रको संरक्षकत्व बन्न नसक्नुको बाधक विधान भएकाले समयानुसार विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए । 

Logo