बुधबार ५ सयले बढ्यो आज सुनको मूल्य

बुधबार ५ सयले बढ्यो आज सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिन घटेको मूल्य मंगलबारदेखि भने बढेको हो ।

सुन आज ५ सयले बढेको हो । आइतबार ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २६० मा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo