तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आजकाे मुल्य सार्बजनिक सुरु गरेकाे छ । जसअनुसार सोमबार रातो आलु २७ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी कालो अंगुर प्रतिकेजी १५०, अनार २२५ रुपैयाँ, हरियो अंगुर १००, आभोकाडो र किवि ४०० प्रतिकेजी, अमला १२० रुपैयाँ केजी केरा दर्जनकाेा १५० रहेकाे छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ छ ।  यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, रायोको साग ३०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँमा किनबेच हुनेछ । 

तामा ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक  २५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ९० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ९० रूपैयाँ, लौका ४० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

Skip This
Skip This
Logo