अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल

अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । 

सोमवार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए । 

उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा जोड दिए । उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको बताए । 

मन्त्री रिजालले उद्यलेगी व्यवसायीहरुले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । 

Logo