महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली बजारमा लन्च हुने भएको छ ।कम्पनी स्रोतका अनुसार अवको केही दिनभित्र यसको औपचारिक लन्च हुनेछ ।
सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्बाधिक सुरक्षा फीचर र पावरफुल इन्जिन दिइएको यो एसयूभीलाई नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले अहिले नेपाली सडकमा परिक्षण गरिरहेको जनाएकाे छ ।
यो एसयूभीमा महिन्द्राले १.२ लिटर टीजीडीआई थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसको अधिकतम पावर १३० पीएस र टर्क २५० एनएमसम्म रहेको छ । ६ स्पिड म्यानुअल गियरवक्स जडान गरिएको यो एसयूभीले इन्जिन स्टार्ट गरेको ५ सेकेन्डमै ० देखि ६० किमि प्रतिघण्टाको गती पकड्न सक्छ ।
एक्सयूभी ३०० फेसलिफ्ट सिंगल टोन र ड्युअल टोन कलर अप्सनमा उपलब्ध हुनेछ यसमा तीनवटा भिन्न कलर सहितको ड्युअल टोन दिइएको छ ।
यसमा १७.७८ सेन्टिमिटरको इन्फोटेन्मेन्ट, एन्ड्रोइड एन्ड एप्पल कार प्ले कनेक्टिभिटी, माइक्रो हाइव्रिड टेक्नोलोजी, ड्यूल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, अटो हेडल्याम्प, एन्टि-पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, एडप्टिभ हेडल्याम्प सहितको रियर पार्किङ क्यामेरा, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।
डव्लू६, डव्लू८ र डव्लू८(अप्सनल) गरी कुल तीन भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य ४३ लाख देखी ६० लाखसम्म कायम हुनसक्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया