८ दलको चित्त बुझाउँदा प्रधानमन्त्रीले जनताको समस्यामा ध्यान दिन सकेनन् ‍-पूर्वगभर्नर क्षेत्री

८ दलको चित्त बुझाउँदा प्रधानमन्त्रीले जनताको समस्यामा ध्यान दिन सकेनन् ‍-पूर्वगभर्नर क्षेत्री

केन्द्रबिन्दु
0
Shares

अर्थविद् तथा पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले ८ दल मिलेर बनेको सरकार व्यवस्थित नहुँदा प्रधानमन्त्रीले जनताको काममा समय दिन नसकेको टिप्पणी गरेका छन् । 

काठमाडौंमा भएको अर्थतन्त्रमा देखा परेको तरलता, बैंकिङ प्रणाली तथा वैज्ञानिक कर नीति विषयक बहसमा पूर्वगभर्नर क्षेत्रीले ८ दल मिलेर बनेको सरकार व्यवस्थित नभएको र एकद्ववार प्रणालीका नाममा १३ ठाँउमा डुल्नुपर्ने अवस्था आएको बताएका हुन् । 

उनले भने,‘सरकारले जनताका समस्या हेर्नुपर्छ त हामी भन्छौं । तर, अहिले सरकारकै समस्या कस्ले हेरिदियोस् भन्ने अवस्था छ । ८ दल मिलेर सरकर बनेको छ । कहिले एउटा रिसाउँछ, कहिले अर्को । एक द्ववार प्रणाली भनेर १३ ठाँउमा डुल्लनु पर्ने अवस्था छ । पञ्चायत कालदेखि हामीले भनिरहेका छौं । तर, सुधार भएको छैन् । सुधार कहिले गर्ने हो ?’

पूर्वगभर्नर क्षेत्रीले घरेलु तथा लघु उद्योगलाई प्रोत्साहन नगरेसम्म मुलुकको अर्थतन्त्र माथि उठ्न नसक्ने बताए । मुलुक अर्थतन्त्रमा देखिएको कमजोरी सुधार्न सरकार र निजी क्षेत्रको तर्फबाट धेरै प्रयत्न गर्नुपर्ने उनले बताए । 

Skip This
Skip This
Logo