एफएनसीसीआईको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन

एफएनसीसीआईको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

बिहीबार बिहान सम्पन्न पहिलो चरणको मतगणनामा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने बताएपनि अन्तिममा श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गर्ने निर्णय भएको हो । 

पहिलो चरणको मतदानबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी रामचन्द्र संघई बाहिरिएसँगै दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धाको तयारी थियो । तर, वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारसहित महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरुकाे छलफलमा साे सहमति जुटेकाे हाे ।  उमेशलालले प्रतिस्पर्धी अन्जनलाई पुरै कार्यकालका लागि महासंघकाे नेतृत्व छोडिदिएको मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराइसकेका छन् । 

वरिष्ठ उपाध्यक्षको निर्वाचनमा निर्वाचित हुन एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । पहिलाे चरणमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरु संघईले ३०.४६ प्रतिशत, अन्जनले ३७.९९ प्रतिशत मत र उमेशलालले ३१.५१ प्रतिशत मत प्राप्त गरेका थिए । 

Logo