आइएमई पेको अफरः “तिमीलाई पनि, मलाई पनि”

आइएमई पेको अफरः “तिमीलाई पनि, मलाई पनि”

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ । 

सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच (हेयलोउ आर।टि एलएस०५५ जित्ने मौका पाउनेछन् । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ ।

यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । यो अफर २०८० भाद्र २६ गतेसम्म चल्नेछ । 

ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पिटुपि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तिय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो ।

Logo