१५ माघ २०७८ शनिबार
1
1
1

‘अर्थतन्त्र चलायमान बनाउने माध्यम पर्यटनको विकास’ : गभर्नर नेपाल

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त माध्यम पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुग्न कठिन नहुने भन्दै उनले पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वचर्चित एक्सेलट्रिप ग्लोबलको नेपालमा सेवा शुभारम्भ गर्दै गभर्नर नेपालले देशको अर्थतन्त्रमा हालको पर्यटन क्षेत्रको तीन प्रतिशतलाई बढाएर १० प्रतिशतको हाराहारीमा योगदान पु¥याउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

गभर्नर नेपालले पछिल्लो तीन वर्ष यता इतिहासकै उच्च आर्थिक वृद्धि भइरहेको बेला पर्यटन क्षेत्रको योगदान न्यून रहेको भन्दै सेवा क्षेत्रको योगदान बढाउन सबै क्षेत्रको सहयोग चाहिने बताए ।

सरकारले १५ औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । नेपालमा लगानीको अवसर छैन भन्नेहरुका लागि ‘एक्सेलट्रिप’ एक उदाहरण बन्ने उनको भनाइ थियो । गभर्नर नेपालले गत वर्ष नेपालीले विदेशमा ९० अर्ब रुपैयाँ खर्च गरेको र विदेशीहरुले नेपालमा ७४ अर्बमात्र खर्च गरेको जानकारी दिँदै नेपालीले विभिन्न माध्यमबाट गर्ने खर्च नेपालकै बैंकमा आउने र शून्य कमिशनमा काम गर्ने भएकाले संस्थाको काम प्रभावकारी हुने बताए ।

एक्सेलट्रिप ग्लोबलको नेपालमा सेवा विस्तार

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउने लक्ष्यसहित विश्व चर्चित एक्सेलट्रिप ग्लोबलले नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । नेपालको पर्यटकीय सेवा, उद्यमलाई प्रवद्र्धन र सशक्तिकरण गर्ने उद्देश्यका साथ कम्पनीले मंगलबारदेखि नेपालमा सेवा शुरु गरेको हो ।

पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका सञ्जालमार्फत एक्सेलट्रिप संसारकै तीव्र रफ्तारमा फैलँदो एक अनलाइन ट्राभल प्लाटफर्म हो । संसारभरका लाखौँ यात्रारत वा यात्राकाङ्क्षी मानिससम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले १४ मुलुकमा सञ्जाल रहेको जनाएको छ । भ्रमर्ण वर्षका दौरानमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग गर्ने हेतुले एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँग साझेदारीसमेत गरेको छ ।

एक्सेलट्रिप नेपालको मुख्य उद्देश्य संसारभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्षमार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउने प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र खड्काले बताए ।

एक्सेलट्रिप स्वदेशी एवम् विदेशी व्यावसायिक, इन्जिनीयर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एअरलाइन्स बुकिङ इन्जिन हो । जसले उच्चतम प्रविधि तथा बजार कौशलद्वारा आफूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रीसँग आबद्ध गर्दछ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २ पुष २०७६ ०६:५८ बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी