काठमाडौं ।
सरकारले साउन १५ गतेदेखि लागू हुने गरी सम्पूर्ण होटल, रेष्टुरेन्टहरु पूर्णरुपमा सञ्चालन गर्न दिने निणर्य गरेको छ । तर यसरी होटल तथा रेष्टुरेन्ट सन्चालन गरे पनि पार्टी सेमिनार गर्न भने नपाउने भएको छ ।
त्यस्तै, भदौ १ गतेदेखि शैक्षिक संस्थाहरुमा विद्यार्थीको भर्ना खुल्ने तर अर्को सूचना नआएसम्मको लागि सञ्चालन भने नहुने भएको छ ।
मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् ।





























प्रतिक्रिया