बाढी पहिरोको प्रभावले काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या, मूल्य बढ्याे

बाढी पहिरोको प्रभावले काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या, मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तीन दिनदेखि लगातारको वर्षापछि आएको बाढी र पहिरोको प्रभावले काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या आउन थालेको छ ।

लगातार वर्षा पछि बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा तरकारी आयात हुन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस अघि सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आउन थालेको समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । उनका अनुसार देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा आयात हुने गरेको थियो । तर साउन २ गते ५४३ टन, ३ गते ४७४ टन, साउन ४ गते ४९० टन र साउन ५ गते ३२७ टन मात्र तरकारी कालीमाटी बजारमा आएको छ । मंगलबार दिउसोसम्म एक सय ५० टन मात्रै तरकारी आइपुगेको समितिले जनाएको छ ।

यसरी तीन दिनदेखि लगातार परेको वर्षाले उपत्यका लगायत विभिन्न बाहिरी जिल्लामा बाढी र पहिरोले सडक अवरुद्ध भएकाले बाहिरबाट उपत्यकामा सवारी साधन आउन पाएका छैनन् । यतिमात्र नभएर बाढीकै कारण भारतीय तरकारी समेत बजारमा आउन नसक्दा बजारमा तरकारीको मूल्य बढ्ने अनुमान गरिएको छ । काठमाडौंमा तरकारीको माग नघट्ने तर आपूर्ति कम हुँदा मूल्य बढ्न सक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Skip This
Skip This
Logo