सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सिटी होटलको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ। होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन खुला गरेको हो।

यस कम्पनीको आईपीओमा लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ। ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। 

यसैगरी बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन खुला गरेको हो। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। 

Skip This
Skip This
Logo