सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर छ ।
यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ ।
मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि -यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।
ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको कम्पनीले जनाएकाे छ ।
अब ग्राहकहरुले आफ्नो वरिपरिका अद्भुत दृश्यहरु क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिँदा पनि हुन्छ किनकी ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नको लागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा प्रयाेगकर्ताले केही अद्वितीय एप्हरु र फिचरहरु पाउनेछन्, जुन फोनबाट प्राप्त गर्ने विशेषताहरुसंग राम्ररी मेल खान्छ ।
ग्राहकहरुले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव संगाल्न सक्नेछन् । ६+१२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने ८ + १२८ जिबिको मोबाइल ३१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यो एउटा त्यस्तो स्मार्टफोन हो, जुन अद्भुत बनावट र विशेषताहरु युक्त छ र यो केही अद्वितीय पलहरुको सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो ।































प्रतिक्रिया