बोर्डविरुद्ध विज्ञापन संघ उत्रियो आन्दोलनमा

बोर्डविरुद्ध विज्ञापन संघ उत्रियो आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन,विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ ।

बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका छन् । धर्नामा विज्ञापन बजार बढाउने नीति लागू गर, विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन, विज्ञापन एजेन्सीको हक अधिकार लागू गर र विज्ञापन ऐन खारेज गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए । 

कार्यक्रममा विज्ञानपन संघका अध्यक्ष सोम धितालले विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व नसमेटिएको भन्दै आपत्ति जनाए । उनले बोर्डमा सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र हुने बनाइएको गरी ऐन बनाइएको भन्दै विज्ञापन व्यवसायीहरु मारमा परेको गुनासो गरे । 

उनले भने, ‘विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व भएन सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र विज्ञानपन बोर्डमा हुने बनाइयो । हामीले २ वर्ष अगाडि देखि विरोध गरिरहयौं पख्नुस् तपाईहरुको पनि प्रतिनिधित्व हुन्छ भनेर सरकारले अल्मलाईरह्यो ।’ 

उनले दुई वर्षदेखि आफूहरूले विरोध गरेता पनि सरकारले कुनै चासो नदिएको जिकिर गरे । 

Logo