रेमिट्यान्स, निक्षेप र विदेशी मुद्रा सञ्चिति बढ्दा पनि किन घट्यो सेयर बजार ?

रेमिट्यान्स, निक्षेप र विदेशी मुद्रा सञ्चिति बढ्दा पनि किन घट्यो सेयर बजार ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबार चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्‍यो । उक्त तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चितिलगायत सूचकमा उल्लेख्य सुधार भयो । 

तर, उक्त क्षेत्रमा सुधार भएता पनि साताको अन्तिम कारोबार दिन  नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।   

अघिल्लो दिन समेत घटेको सेयर बजार परिसूचक बिहीबार ३ दशमलव ३४ अंकले घटेर बन्द भएको हो । 

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार दिनभर २५९ धितोपत्रको २१ लाख ३ हजार ७९१ कित्ता सेयर ५७ करोड ८३ लाख २४ हजार ४०३ रुपैयाँमा बराबरमा कारोबार भएको हो ।  

बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणको सेयरमूल्य सर्वाधिक कारोबार भएको छ  । कम्पनीको ३ करोड १५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

वैशाख महिनादेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाए तर कर्जाको ब्याजदर यथावत् हुनाले पनि सेयर बजार प्रभावित भएको हुनसक्ने लगानीकर्ताको भनाई छ । 

पछिल्लो समय मुलुकको अर्थतन्त्र मन्दीको चर्चा बढ्दै गएको छ । उक्त चर्चा चलिरहदा सेयर बजार सुस्ताएको हो । अहिले लगानीकर्ताको ध्यान सरकारले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति कस्तो ल्याउला भन्नेमा छ । बैंकहरुले जेठमा ब्याज स्थिर राख्ने निर्णयले पनि लगानीकर्तारुलाई निराशा नै बनाएको छ । सोही कारण पछिल्लो समय सेयर बजार घट्नेक्रम रोकिएको छैन भने कारोबारमा पनि गिरावट आइरहेको छ । 

Skip This
Skip This
Logo