जनशक्तिको अभावमा १० लाख ३० हजार हेक्टर जमिन खेर गयोः मन्त्री भुसाल

जनशक्तिको अभावमा १० लाख ३० हजार हेक्टर जमिन खेर गयोः मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा मन्त्री भुसालले उत्पादन बढाउन जमिन र विउको आवश्यकता भएप्नि जनशक्तिलाई बढाउन उत्तिकै आवश्यक भएको बताएका हुन् । 

उनले भने, ‘श्रम शक्ति र जनशक्तिको आवश्यक छ । जनशक्ति नभएको कारणले जमिनहरु बाँझो छ । विषेश गरि पहाडमा खेती गर्ने जनशक्ति पलायन भएको छ । गत सालको कृषि गणनाको तथ्याङक हेर्ने हो भने पनि जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको छ । यो चाही गम्भीर समस्याको रुपमा देखा परेको छ ।’ 

कृषि उपजको आधारमा वजार व्यवस्थापन गर्न आवश्यक भएको मन्त्री भुसालको भनाइ छ । उनले कृषि र सिँचाई मन्त्रालयको सहकार्यमा कृषि वन र पर्यावरण भन्ने कार्यक्रमहरु अगाडि सारिएको पनि बताए । नेपालको जंगलमा प्रशस्त मात्रामा पाइने अमला मात्र २ अर्ब बराबरको आयात भएको देखिएको उनले बताए । 

Skip This
Skip This
Logo