रोयल इन्फिल्ड क्लासिक ३५० ब्ल्याकमा १५ हजारको एसेसरिज सित्तैमा

रोयल इन्फिल्ड क्लासिक ३५० ब्ल्याकमा १५ हजारको एसेसरिज सित्तैमा

केन्द्रबिन्दु
0
Shares

रोयल इन्फिल्डको नेपालका लागि आधिकारक वितरकअल्फा अटोमोटिभले नेपाली बजारमा उपलब्ध ब्ल्याक कलर भेरिएन्टको क्लासिक ३५० किन्दा १५ हजार रुपैयाँ बराबरको एसेसरिज सित्तैमा दिने भएको छ । 

नेपाली बजारमा उपलब्ध बीएस४ मापदण्डको क्लासिक ३५० मा ३४६ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १९.८ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

अल्फा अटोमोटिभले आगामी दिनमा नेपालमै रोयल इन्फिल्डका बाइक एसेम्बल गर्ने तयारी गरिरहेको बताएको छ । रोयल इन्फिल्डका मोटरसाइकल नेपालमा उत्पादन गर्नका लागि टीजी अटो ग्रुप दर्ता भएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ९ मा स्थापना हुने गरी टीजी अटो ग्रुप प्रालिको दर्ता गत भदौँ २ गते भएको हो । 

हाल नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ छ । त्यसैगरी ब्याटल ग्रिन, गन मेटल ग्रे, रेडिच रेड र एस कलरको मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

Logo