तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मूला सेतो २० रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ । 

त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ८०, मटरकोशा १४०,तने बोडी ४०,भन्टा डल्लो ६०,भटमासकोशा १२०,तिते करेला ५०,लौका ४०,परवल ११०,घिरौंला ४०,हरियो फर्सी ४०,कन्य च्याउ १६०,डल्ले च्याउ ३३०,कुरीलो ३००,ब्रोकाउली १८० र तोफु १२०,रुख कटहर ५०,लोकल काँक्रो १२० रुपैयाँमा बिक्री भइरहेको छ । 

आज मेथि,चमसुर र पालुंगो सागमा हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँ मूल्य वृद्धि भएर आएको छ । चमसूरको साग ११०, पालुंगो साग ११०,रायो साग ४०,तोरीको साग ४०,हरियो प्याज ६०,हरियो लसुन ९०,मेथिको साग १००, हरियो धनियाँ ४०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

त्यस्तै, हरियो अंगुर १५०,कालो अंगुर ३२०,अनार २५०,कागती २००, आभोकाडो ४००,तरबुजा ३५,नेपाली मेवा ६०,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १४०,दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

Logo