‘नागरिक दैनिक’को आजबाट आइपीओ बिक्री खुला

‘नागरिक दैनिक’को आजबाट आइपीओ बिक्री खुला

केन्द्रबिन्दु
0
Shares

नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आईपिओ बिक्री खुला गरेको छ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो। लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन्। यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपिओ जारी गर्दैछ।

यो नागरिक दैनिकको मुल संस्था हो। योसँगै नेपालमा पहिलो पटक मिडिया हाउसले आइपियो बिक्रीमा ल्याएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ। यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। 

यसमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आइपीओ खुला रहनेछ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।  

यसमध्ये कर्मचारीहरुका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ।

Skip This
Skip This
Logo