हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा अधिकतम दुरी पार गर्नेमा गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गरेको छ ।
हिरो सेन्टर फर इनोभेसन एन्ड टेक्नोलोजीको टोलीले रिले बनाएर २४ घण्टामा एक हजार ७८० किलोमिटरको दुरी पार गर्दै यो उपलब्धि हासिल गरेको हो । स्कुटर र त्यसको ब्याट्री लगातार फेर्दै सो यात्रा पूरा गरिएको थियो ।
कम्पनीले सो रेकर्डको श्रेय जयपुर र जर्मनीमा रहेको अनुसन्धान तथा विकास टोलीलाई जाने बताएको छ । यसअघि इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधनले सबैभन्दा लामो दूरी ३५० किलोमिटर पार गर्ने कीर्तिमान बनाएको थियो ।
हाल बजारमा हिरो मोटोकर्पकाे स्कुटरमा २ भेरिएन्ट उपलब्ध छन्, जसमा भिडा भी१ प्लस र भिडा भी१ प्रो छन् । टप स्पिड ८० किलोमिटर प्रति घण्टा रहेको यस स्कुटरहरूले एकपटक चार्ज गर्दा १६५ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया