होटल संघ र कर्मचारी यूनियनबीच ६ बुँदे सम्झौता, होटल श्रमिकले लकडाउन अवधिको पनि तलब पाउने

होटल संघ र कर्मचारी यूनियनबीच ६ बुँदे सम्झौता, होटल श्रमिकले लकडाउन अवधिको पनि तलब पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

होटल संघ नेपाल (हान) र कर्मचारी यूनियनबीच ६ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार होटल व्यवस्थापनले आगामी डिसेम्बरसम्म कर्मचारीलाई वर्गिकरण गरेर तलब दिने सहमति भएको छ ।

यो सम्झौता ‘बाँचौं र बचाऔं’ को नीति अख्तियार भएको संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ । सम्झौतापत्रमा हानका तर्फबाट अध्यक्ष सृजना राणा र कर्मचारीकातर्फबाट साजन शाक्यले हस्ताक्षर गरेका छन् ।

होटलको वर्गीकरण अनुसार मासिक निश्चित तलब पनि तोकिएको छ । अप्रिल १३ देखि डिसेम्बर ३१ सम्म लागू हुने गरी गरिएको सहमति अनुसार डिलक्स पाँचतारे होटल तथा सोहीस्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १० हजार रकम उपलब्ध गराइने भएको छ ।

दुई सय कोठाभन्दा कम भएको पाँचतारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार, सय कोठा भन्दा बढी भएको चार तारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक साढे आठ हजार, सय कोठाभन्दा कम भएको चार तारे होटल तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार, तीन तारे तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ५ हजार रकम उपलब्ध गराउने सहमति संघ एवं कर्मचारीबीच भएको छ ।

यसैगरी दुई तारे तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ४ हजार तीन सय, एक तारे र पर्यटक स्तरियको होटल तथा रिर्सोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराइने सहमति भएको हानले जनाएको छ ।

Logo