मन्त्री रिजालद्वारा दुई विभागकाे अनुगमन

मन्त्री रिजालद्वारा दुई विभागकाे अनुगमन

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल गुणस्तर तथा नापतौल विभागको कर्मचारीलाई कसैको दबाबमा नपरि काम गर्न निर्देशन दिएका छन् ।

आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमन गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘सचिव, महानिर्देशक या स्वयम् म आफैले पनि कुनै काममा दबाब दिए भने त्यो काम नगर्नू ।’

कर्मचारीहरुलाई ईमान्दारीका साथ नियमपुर्वक काम गर्न हौसला दिँदै मन्त्री रिजालले सेवाग्राहीलाई झन्झट रहित सेवा उपलब्ध गराउन समेत कर्मचारीहरुलाई निर्देशन दिए । सेवाग्राहीको कागजपत्र नपुगेको खण्डमा तुरुन्तै अपुग कागजपत्र माग गरि तुरुन्तै सेवा दिन उनले निर्देशन दिए ।

आजै मन्त्री रिजालले खानी तथा भूगर्भ विभागको समेत अनुगमन गरेका छन् । देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमुलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न आग्रह गरे । विभागलाई उपलब्धिमुलक बनाउने गरी काम अघि बढ्ने विश्वास ब्यक्त गर्दै उनले कर्मचारीलाई शुभकामना समेत दिए ।

Skip This
Skip This
Logo