बुद्धको जिवनीमा आधारित अत्याधुनिक सनएट लुमिएर परियोजना सार्वजनिक

बुद्धको जिवनीमा आधारित अत्याधुनिक सनएट लुमिएर परियोजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

साउथ एसिया फाउन्डेसन नेपाल (एसएफ-एन)ले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धको जिवनीमा आधारित अत्याधुनिक सनएट लुमिएर परियोजना सार्वजनिक गरेको छ । 

परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदान किराती, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र ज्योति समूहका अध्यक्ष पद्म ज्योति लगायतको उपस्थित थियो । सोही कार्यक्रममार्फत् परियोजनासँग सम्बन्धित वेबसाइट पनि सार्वजनिक गरिएको थियो । 

समारोहलाई सम्बोधन गर्दै ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले बुद्धको जन्मस्थल नेपाल हुनुको महत्व, बुद्धकै कारण विश्वमा नेपालको पहिचान र विश्व शान्तिका लागि सम्भावित कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । 

अध्यक्ष ज्योतिले स्थानीय सहयोग र सहभागिताको महत्वलाई जोड दिँदै परियोजनामा आफूले सक्दो सहयोग गर्ने वाचा पनि व्यक्त गरे । उनले आयोजनालाई समयमै सम्पन्न गर्न सरकार, स्थानीय निकाय र व्यवसायिक निकायहरूको साझेदारीका लागि आह्वान गरे । 

एसएफएन सन् १९९१ मा भारतको वाराणसीमा स्थापना भएको साउथ एसिया फाउन्डेसन (एसएफ) र नेपाल सरकारबाट सञ्चालित लुम्बिनी विकास कोषसँगको साझेदारीमा सन् २०१२ मा काठमाडौंमा स्थापना भएको हो । 

Logo