उदयपुर सिमेन्ट उद्योगको ३६ करोड विद्युत महसुल बक्यौता, काटियो लाइन

उदयपुर सिमेन्ट उद्योगको ३६ करोड विद्युत महसुल बक्यौता, काटियो लाइन

केन्द्रबिन्दु
0
Shares

उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ।  बिद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतवारवाट बिद्युत काटिएको हो। बिद्युत काटिए पछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परको छ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ।  उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहदैँ आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौँ। तर, पूर्णरूपमा बिद्युलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौँ’ उनले भने।

Skip This
Skip This
Logo