काठमाडौं ।
मौद्रिक नीति आएको दोस्रो दिनदेखि बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई बोनस बाँड्न सुरु गरेका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइ दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् ।
मौद्रिक नीतिले शेयरधनीलाई दिने लाभांशमा दायरा तोके पनि कर्मचारीको बोनसमा हस्तक्षेप नगरेपछि बोनस ऐन अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण थालेका हुन् ।
बोनस ऐन अन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् ।
अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नु पर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको पहिलो साताभित्र र केही बैंकहरुले देशैमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्ने गरेका छन् ।
अघिल्ला वर्षमा साउनको पहिलो सातामा बोनस वितरण गर्ने बैंकहरुले कोरोनाका कारण ऋणको असूलीमा अन्यौलता भएका कारण कर्मचारीले यो अवधिमा पाउने बोनसमा अन्यौता सृजना हुन थालेको थियो ।
तर मौद्रिक नीति आएको तीन दिनमा नै सानिमा बैंकले कर्मचारीलाई बोनस वितरण सुरु गरेको छ । बैंकको ऋण असूली राम्रो भएका कारण बैंकले कर्मचारीलाई १ महिनाको तलब बराबरको बोनस हालेको बैंक व्यवस्थापनले जनाएको छ । यसरी यो वर्ष बोनस वितरण गर्ने पहिलो बैंक बनेको छ ।





























प्रतिक्रिया