परिस्कृत इन्जिनसहित डर्टबाइक कायो टी२ प्रो बजारमा, एक्सचेन्जकाे पनि सुविधा

परिस्कृत इन्जिनसहित डर्टबाइक कायो टी२ प्रो बजारमा, एक्सचेन्जकाे पनि सुविधा

केन्द्रबिन्दु
0
Shares

कायो मोटोको नेपालका लागि आधिकारिक वितरक एड्भेन्चर ह्विल्सले डर्ट बाइक कायो टी२ प्रो परिस्कृत इन्जिनसहित सार्वजनिक गरेको छ । 

२५० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड इन्जिन उपलब्ध रहेको यस नयाँ मोडलको बाइक हालै बजारमा भित्रिएको हो । यसले २५ बीएचपी पावर र २२ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीका अनुसार परिस्कृत मोडलमा यसको टायर पनि ठूलो जडान गरिएको छ भने सिट हाइटसमेत बढेको छ । यसबाट यो बाइक अझै एड्भेन्चरस बनेको दाबी गरिएको छ । 

आकर्षक डिजाइनका कारण धेरैको रोजाइमा पर्ने यस डर्टबाइक कायो टी२ प्रोको मूल्य बजारमा  ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तर, एक्सचेन्जका साथै ३ लाख रुपैयाँ शुरुमा बुझाएपछि शून्य प्रतिशत ब्याजमा आफूलाई अनुकूल हुनेगरी १८ महिनासम्म मासिक किस्ताबन्दीमा बाइक लिन सकिने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo