एउटै इलेक्ट्रिक स्कुटर खरिदमा ५० हजारसम्म छुट

एउटै इलेक्ट्रिक स्कुटर खरिदमा ५० हजारसम्म छुट

केन्द्रबिन्दु
0
Shares

याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक छुटको अफर ल्याएको छ । 

‘आउनुहोस् हाम्रो ग्रहलाई आगामी पुस्ताको लागि सफा, स्वस्थ स्थान बनाउनुहोस्’ नामक क्याम्पेन शुरु गर्दै कम्पनीले एउटै इलेक्ट्रिक स्कुटर खरिदमा ५० हजार रुपैयाँ छुट उपलब्ध गराउने अफर सार्वजनिक गरेकाे हो ।  

यसमा हरेक पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन एक्सचेन्ज गर्दा वा नयाँ इलेक्ट्रिक स्कुटर किन्दा ५० हजार रुपैयाँसम्म छुट पाइनेछ । यसबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन छोडेर विद्युतीय सवारीसाधन ‘हेल्दियर प्लानेट’ चाहनेहरुका लागि मौका दिइएको कम्पनीले जनाएको छ । 

यो अफर सिमित अवधिका लागि लागू हुने पनि बताइएको छ । 

काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरका मुख्य शहरमा स्कुटर बिक्री–वितरण गरिरहेको कुजु नेपालले बिक्री पछिको सेवाका लागि आवश्यक व्यवस्था पनि गरेको छ । कुनै ग्राहकलाई अन द स्पट मै सर्भिस सुविधा चाहिएको खण्डमा प्राविधिक र कर्मचारीको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

Logo