होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १ सार्वजनिक गरेको छ । ई-एन प्लेटफर्ममा बनाइएको सो नयाँ एसयूभीमा विशेष फिचर्स दिइएको छ ।
कम्पनीका अनुसार नयाँ डिजाइन गरिएको बम्पर र फ्रन्टको ग्रिल बन्द राखिएको यस नयाँ एसयूभीको रियरमा ठूलो टेल ल्याम्प, कालो क्ल्याडिङ र फराकिलो टेलगेट उपलब्ध छ । साथै साइडमा कालो क्ल्याडिङ लगाइएको छ र छत पनि कालो राखिएको छ ।
पहिला जापानी र युरोपेली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको यस नयाँ एसयूभीमा ६८.८ किलोवाटको ब्याट्री उपलब्ध छ, जसले २०१ एचपी पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ । यसलाई फास्ट चार्जरबाट ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो एकपटक फुल चार्ज गरेपछि करिब ४१२ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ ।
सो एसयूभीमा कालो ड्यासबोर्ड, एम्बियन्ट लाइटिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, स्टेयरिङ कन्ट्रोल, फ्लोटिङ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १५।१ इन्च इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले, एबीएस, ईबीडी, एयरब्याग र एबीएस जस्ता फिचर उपलब्ध रहेको छ ।































प्रतिक्रिया