टाटाले आफ्नो माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सनलाई सडकमा परीक्षण सुरु गरेको छ ।
आफ्ना उत्पादन नेक्सन, टिगोर तथा टियागोलाई इलेक्ट्रीक मोडलमा ल्याइसकेको टाटाले चौथो ईभी मोडलको रुपमा टाटा पन्च ल्याउन लागेको हो । भारतीय बजारमा कम्पनीले २ लाख यूनिट पन्च माइक्रो एसयूभीको उत्पादन गरिसकेको छ ।
सार्वजनिक भएको तस्वीरका अनुसार नयाँ इलेक्ट्रिक टाटा पन्चमा उपलब्ध रहेको केही फिचर्स पनि थाहा पाउन सकिन्छ । जसमा पन्च ईभीको चारैवटा चक्कामा डिस ब्रेक देख्न सकिन्छ । नेक्सन ईभीमा जस्तै रोटरी गियर सेलेक्टर, बटमबाट प्रयोग गर्न मिल्ने पार्किङ ब्रेक यसमा रहनेछ । साथै इलेक्ट्रिक मोडलमा अटो होल्ड, वायरलेस चार्जिङ र नयाँ फिचर हुने अपेक्षा पनि गरिएको छ ।
सो मोडलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट बटम स्टेयरिङ ह्विल र प्रिमियम अपहोल्स्ट्री पनि उपलब्ध हुनेछ । यसको ड्यासबोर्ड लेआउट पुरानो हर्मन ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्तै पूरानै हुने छ । टाटा पन्च ईभी टिगोर ईभी हाराहारीको मोडल भएको कारण यसमा ब्याट्री र मोटर लगभग समान रहने पनि अनुमान गरिएको छ ।
विभिन्न रिपोर्टहरुले दावी गरेअनुसार टाटाले आगामी जुन महिनाबाट यसको उत्पादन सुरु गर्नेछ र सेप्टेम्बर महिनाबाट बिक्री थाल्ने छ । यद्यपी यसमा कम्पनीको आधिकारीक धारणा भने आइसकेको छैन ।





























प्रतिक्रिया