इटहरीमा खुल्यो २ अर्बको लगानीमा ८० कोठा भएकाे होटेल सोल्टी वेस्टेन्ड

इटहरीमा खुल्यो २ अर्बको लगानीमा ८० कोठा भएकाे होटेल सोल्टी वेस्टेन्ड

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय सेवा सुविधा दिइने इटहरी स्थित हलगडामा रहेको सोल्टी वेस्टेन्ड होटेल  आजबाट सञ्चालनमा आउने भएकाे छ ।  हिजो मङ्गलवार पत्रकार सम्मेलन गरी होटेल सञ्चालनमा आउने जानकारी गराइएको हो।

होटेलका अध्यक्ष भीम बहादुर पौडेलले यो होटेलले इटहरीको व्यवसायिक र पर्यटकीय गतिविधि विकासमा भूमिका खेल्ने बताए। हामीले विशेष गरी बाहिरी देशबाट आउने विदेशी पाहुनालाई लक्षित गरेका छौँ ।

अध्यक्ष पौडेलले भने “इटहरीमा धेरै म्यानपावर छन्, त्यहाँ कामदारको अन्तरवार्ता लिन विदेशी आउने गरेका छन् । तर उनीहरू बस्नकै लागि विराटनगर, विराटचौक पुग्नु पर्ने अवस्था छ । त्यसलाई मध्यनजर गरी ती पाहुनालाई इटहरी नै राख्ने छौँ ।”

करिब २ अर्ब लगानीमा निर्माण गरिएको होटेलमा ८० वटा कोठा रहेका छन् । २०७२ साल देखि निर्माण सुरु गरिएको होटेललाई गरिमा होटेल नाम दिइएको थियो । तर १ वर्ष अघि सोल्टी होटेलसगँ सहकार्य भएपछि उक्त होटेललाई सोल्टी वेस्टेन्ड नाम दिइएको हो ।

Logo