फ्रान्सेली अटो जायन्ट रेनोले आफ्नो आगामी टप-अफ-द-रेन्ज कुप एसयूभीको नाम खुलासा गरेको छ । कम्पनीले आगामी जुन १८ मा ‘राफेल’ नामक एसयूभीको ग्लोबल डेव्यू गराउने तयारी गरेको हो । ५४औं पेरिस एयर शो का अवसरमा रेनोले नयाँ राफेल सार्वजनिक गर्ने भएकाे हाे ।
रेनोले सन् १९३० को दशकमा आफ्नो स्वामित्वमा रहेको कड्रनले बनाएको एउटा मात्रै सिट भएको प्लेनको नाम ‘राफेल’ राखेर नयाँ एसयूभी ल्याउन लागेको हो ।
यस नयाँ एसयूभी सिएमएफ सिडी प्लेटफर्ममा निर्माण गरिएको छ, र रेनल्टको ई-टेक हाइब्रिड इन्जिनद्वारा संचालित मोडेलहरूको लाइन-अप पूरा गर्दछ । यसमा सेल्फ चार्जिङ हाइब्रिड पावरट्रेन उपलब्ध हुने बताइएको छ ।
यसको संयुक्त पावर २०० पीएस र २०५ न्युटन मिटर टर्क रहने बताइएको छ ।
एरोडाइनामिक डिजाइनमा तयार गरिएको सो एसयूभीमा नयाँ स्टाइल दिइएको एलइडी लाइट, स्कल्प्टेड फेन्डर, युनिक ग्रिनहाउस लगायत देख्न सकिन्छ । त्यसैगरी, यसको इन्टेरियरमा भने ओपनआर डिजिटल कक्पिट रहने छ । समग्रमा यो गाडी स्पोर्टी एक्सेन्ट र लक्जरियस फिचर्स सहित आउने कम्पनीको दाबी छ ।





























प्रतिक्रिया