मुलुकमा आर्थिक सुशासन कायम हुन सकेनः टंकमणि शर्मा

मुलुकमा आर्थिक सुशासन कायम हुन सकेनः टंकमणि शर्मा

केन्द्रबिन्दु
0
Shares

महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन कायम गर्न नसकेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको कार्यक्रममा महालेखा परीक्षक शर्माले सरकारी वा गैरसरकारी निकायहरुले अभिलेखहरु व्यवस्थित गर्न नसकेको बताएका हुन् । ‘सरकारी निकाय होस या गैरसरकारी निकाय जे कुराको पनि अभिलेखहरु व्यवस्थित छैन् । रेकडिंङ, रिपोर्टिङ,र लेखाजोखा केही पनि राम्रो छैन । यो पाटोमा हामीले ध्यान दिन सकेका छैनौं ।’

उनले सबै निकायले आफ्नो आफ्नो संस्थाहरुको अभिलेखहरु व्यवस्थित गर्न आवश्यक भएको बताए । 

महालेखा परीक्षक शर्माले नीति नियम बनाउने देखि लिएर सबै कुरामा सम्पूर्ण निकायले ध्यान दिन आवश्यक भएको बताए । यसैको अभावले निर्णय लिन असहज भएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo