कारोबार हुने साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से २३ दशमलव ३९ अंकले बढेर १ हजार ८ १४५ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से ३.२९ अंकले बढेर १ हजार ८२१ दशमलब ६० विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार कारोबार भएका १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने २५ कम्पनीको सेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । बुधबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ९३३ दशमलव ४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ७ प्रतिशतले घटेको छ भने कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको बुधबार पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।































प्रतिक्रिया