नेपाल टेलिकमद्वारा सेवाग्राहीका लागि अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा थप

नेपाल टेलिकमद्वारा सेवाग्राहीका लागि अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा थप

केन्द्रबिन्दु
0
Shares

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा प्रदान गरेको छ । 

बुधबार टेलिकमले एक सूचना जारी गर्दै नेपाल टेलिकमको सिम कार्डमा अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा पनि थपिएको जानकारी दिएको हो । विदेश भ्रमण गर्ने जो कोहीले पनि आफ्नो मोबाइल फोनमा रोमिङ्ग सेवाको प्रयोग गर्न सक्ने सूचनामा जनाइएको छ । 

सेवा प्रयोग गर्दै आएका सेवाग्राहीको उही मोबाईल फोन नम्बरमा विश्वभरका कुनै पनि ठाउँमाबाट कल गर्न वा प्राप्त गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ । 

यस बाहेक अतिरिक्त सेवाहरू पनि प्रयोग गर्न र अन्तर्राष्ट्रिय रोमिङ्गको सन्दर्भमा आउटबाउन्ड रोमिङ्ग र इनबाउन्ड रोमिङ्ग सेवा प्रयोग गर्न सकिने छ । यसका लागि पोष्ट–भुक्तानका साथै पूर्व–भुक्तान ग्राहकहरूको लागि उपलब्ध रहेको पनि टेलिकमले जनाएको छ । 

Skip This
Skip This
Logo