गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्।
व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।
सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष अवधिका लागि उपाध्यायलाई सीईओमा नियुक्त गरेको हो।
सिराहा जिल्लाको सिराहा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडाैँकाे नयाँबानेश्वरमा बसोबास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै सीईओसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन्।





























प्रतिक्रिया