बैंक तथा वित्तीय संस्थाहरुले अब साढे ७ प्रतिशत ब्याजदरमा नै राष्ट्रबैंकसँग सापटी पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंकदरलाई साढे ७ प्रतिशतमा झारेको हो । बैंकहरुले बैंकदरमा नै स्थायी तरलता सुविधा उपयोग गर्न पाउँछन्।
यसअघि बैंकहरुले साढे ८ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा लिँदै आएका थिए। राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर घटेसँगै बैंकहरुको ब्याज खर्च घट्ने छ।





























प्रतिक्रिया