कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । बिहीबार नेप्से ३२ दशमलव ३० अंकले बढेर एक हजार ८७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।
बुधबार २३ दशमलव ३९ अंकले बढेर एक हजार ८४५ दशमलब शून्य १ विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बिहीबार नेप्सेमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।
बिहीबार कारोबार भएका २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यसका साथै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार हिमालय उर्जा विकास कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१ दशमलव ६० रुपैयाँ पुगेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको बिहीबार ८ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।































प्रतिक्रिया