नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार १ लाख ९ हजार ७ सय रूपैयाँमा काराेवार भएकाे सुन आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहिबार १ हजार ३७० रूपैयाँमा कारोवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे महासंघले जनाएको छ।





























प्रतिक्रिया