काठमाडौँ ।
नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको कर्जा बिस्तार लक्ष्य २० प्रतिशत राखेको छ । गत बर्ष १३ प्रतिशत हाराहारी मात्र निजी क्षेत्रमा कर्जा विस्तार भएको थियो ।
त्यस्तै, मौद्रिक नीतिले ब्याज दरको करिडोर तल्लो सीमा एक प्रतिशत र रिपोलाई साढे तीन बाट ३ प्रतिशतमा झारिएको छ । त्यस्तै, मौद्रिक नीतिले मुल्य वृद्धिलाई ७ प्रतिशतभित्र राख्ने उल्लेख गरेको छ ।
त्यस्तै, कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैक बनाइने गभर्नर अधिकारीले बताए ।सीआआर, एसएलफ र बैंक दर ५ प्रतिशत यथावत राखिएको छ । बैंकले कृषि ऋणपत्र पनि जारी गर्न पाउनेछन् । त्यस्तै, जलविद्युतमा विशिष्टीकृत काम गरिरहेका बैंकलाई उर्जा ऋणपत्र जारी गर्न दिइनेछ ।





























प्रतिक्रिया