साताको पहिलो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
आइतबार सेयर बजार मापन गर्ने सूचक ५.८८ अंकले बढेर परिसूचक १८८३.२० बिन्दुमा रोकिएको छ । यस दिन २७३ कम्पनीको सेयर ४८ लाख २८ हजार ७ सय ७६ कित्ता सेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१ रुपैयाँमा कारोबार भएको छ।
बजारमा सामान्य सुधार आउदा बैंकिङ समूहको ०.६६, होटल ९३.९७, जीवन बीमाको ३७.५४, माइक्रोफाइनान्सको १९.५८, निर्जीबन बीमाको २४५.३६, ट्रेडिङ समूहको उपसूचक ४३.५२ अंकले बढेको छ । यस्तै विकास बैंकको ७.८८, वित्तको २.७९, जलविद्युतको ६.५१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २७.४२ अंकले घटेको छ ।
कारोबारको क्रममा पोखरा फाइनान्स र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले कमाएका छन भने आदर्श लघुवित्त वित्तीय संस्था, मदांकिनी हाईड्रोपावर र राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सनका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम सिमेन्न अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४० रुपैयाँको सेयर किनबेच भएको छ ।





























प्रतिक्रिया