नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ। 

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ। नेसनल लाइफले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दैछ। 

यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ। सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौँमा बिहान १०ः३० बजे सुरु हुनेछ। 

सभामा २०७८/७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ। त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ।

Logo